जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बेलायती वैज्ञानिकले भेट्याए डायनोसरका २०० भन्दा बढी पाइला

लण्डन– बेलायतका वैज्ञानिकहरूले अक्सफोर्ड शायर, बेलायतको खानीमा झण्डै २०० डायनासोरको खुट्टाको छाप भेटेको बताएका छन् ।

यी निशान जुरासिक कालका हुन् र करिब १६ करोड ६० लाख वर्ष पुरानो मानिने यो खोजले अनुसन्धानकर्ताहरूलाई रोमाञ्चित बनाएको छ। यो खोज बेलायतको इतिहासमा आफ्नो प्रकारको सबैभन्दा ठूलो खोज मानिएको छ।

अन्वेषकहरूका अनुसार यी पदचिह्नहरू विशाल डायनासोर राजमार्गको अंश हुन सक्छन्, जुन डायनासोरहरूले त्यस समयमा लिएको बाटोको चिह्न देखाएको छ । यो राजमार्गमा ९ मिटर लामो सिकारी डायनासोर र मेगालोसोरस जस्ता शाकाहारी डायनासोरको खुट्टाको छाप भेटिन पुगेकाे हाे ।

अन्वेषकहरूले विश्वास गर्छन् कि, यी डायनासोरहरू समुद्र तटमा वा खानाको खोजीमा गएको बेला यो पद चिह्न बसेको थियो ।

यो खोज खानी ग्यारी जोन्सनले गरेका थिए, जसले २०२३ मा सडक निर्माणका लागि चुनढुङ्गा निकाल्ने क्रममा यी अनौठो देखिने क्रेटरहरू देखेका थिए। त्यस बेलादेखि यो अनौठो खोजले जीवाश्मविद्हरूको ध्यान आकर्षित गर्‍यो ।

अक्सफोर्ड र बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ताहरूले यी पदचिह्नहरू अध्ययन गरेका थिए । अन्तमा यो पत्ता लगाए कि यी चिन्हहरू जटिल नेटवर्कमा जोडिएका छन्।

युनिभर्सिटी अफ बर्मिङ्घमले एक प्रेस विज्ञप्ति जारी गर्दै, यो खोजले जुरासिक कालमा डायनासोरको जीवन र व्यवहार बुझ्न मद्दत गर्ने बताएको छ । यो ट्र्याक वे समुद्री किनारमा बनेको हुनसक्ने वैज्ञानिकहरुको विश्वास गरेका छन किनभने त्यसबेला समुद्र र जमिनको बीचमा दूरी केही मात्रामा थियो र डाइनोसरले त्यो बेला यो क्षेत्र हिडडुलका लागि प्रयोग गरिरहेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?