जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कति ?

काठमाडौं- भारतले आसन्न च्याम्पियन्स ट्रफीमा स्टार खेलाडी जसप्रित बुमराहलाई समावेश गर्ने सम्भावना प्रबल भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शनिबार टोलीको घोषणा गर्नेछ । भारतले च्याम्न्सपियन्स ट्रफीमा २० फेब्रुअरीका दिन पहिलो खेल बङ्गलादेशसँग खेल्ने तालिका छ। २३ फेब्रुअरीमा पाकिस्तान तथा २ मार्चमा न्युजिल्यान्डसँग खेल्नेछ।

४ र ५ मार्चमा सेमिफाइनल हुनेछ । ९ मार्चमा प्रतियोगिताको फाइनल हुनेछ। उनको फिटनेस लेभल परीक्षण गर्नका लागि इङ्गल्यान्डविरुद्ध हुने तीन खेलको शृङ्खलामा कम्तीमा एउटामा खेलाइने सम्भावना प्रबल छ। यसैगरी, गत विश्वकपदेखि टाढा रहेको मोहम्मद सामीको बारे पनि प्रश्न उठ्न थालेका छन्।

उनी अहिले घरेलु क्रिकेटमा फर्किएका छन्। साथमा इङ्गल्यान्डसँगको शृङ्खलाका लागि घोषित टोलीमा पनि अटाइएका छन्। च्याम्पियन्स ट्रफीमा कुलदिप यादवको फिटनेस पनि शङ्काको घेरामा परेको छ।

उनले च्याम्पियन्स ट्रफी अघि नै आफू फिट रहेको पुष्टि गर्नु आवश्यक देखिएको छ। सुभमन गिल र रोहित शर्माको वैकल्पिक प्रारम्भिक ब्याट्सम्यानका बारे त्यत्तिकै चासो छ। लोकेश राहुल, ऋषभ पन्त, सञ्जु सामसन र ध्रुव जुरेलका बिचमा दुई विकेट किपर ब्याट्सम्यानका बारे पनि धेरैको चासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?