जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हैदरावाद पुगिन् प्रियंका चोपडा, राजमौलीको ‘एसएसएमबी २९’ सँग जोडिँदै

हैदारावाद– बलिउड अभिनेत्री प्रियंका चोपडा हिन्दी फिल्मबाट केही टाढा भएकी थिइन् तर उनको जरा सधैं भारत र भारतीय फिल्मसँग नै जोडिएको छ।

अमेरिकामा बसे पनि उनी कुनै न कुनै विशेष कार्यक्रममा भारत आउजाउ गरिरहेकी छिन् । तर, यही क्रममा अचानक प्रियंका चोपडा बिहीबार साँझ भने सोझै हैदराबाद एअरपोर्टमा देखिन पुगेकी छिन् । जसको केही भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यो देखेर प्रियंका चोपडा कुनै ठूला फिल्मको घोषणाका लागि हैदरावाद आएकी थिइन् भन्ने अनुमान गरिएको छ ।

हैदाराबाद एअरपोर्टमा बलिउड अभिनेत्री प्रियंका चोपडा बेज कलरको ओभरसाइज हुडी, लुज प्यान्ट र बेज कलरको टोपी लगाएकी देखिन्छिन् । र, उनले सनग्लास लगाएर आफ्नो लुक पूरा गरेकी छिन् । धेरैको अनुमान यो छ कि, प्रियंका चोपडा एसएसएमबी २९ फिल्ममा मुख्य अभिनेत्रीमा चयन भएको हुनु पर्छ र त्यसैले हैदारावाद पुगेकी हुन् ।

यो हल्ला केही समयदेखि चलिरहेको बेला अचानक हैदारावादमा देखिनुले थप कौतुहलता बढाएको छ । एसएस राजामौली महेश बाबुसँग आफ्नो आगामी प्रोजेक्टमा काम गरिरहेका छन् र उनको अपोजिट प्रियंका चोपडाले काम गर्ने यसअघि सार्वजनिक भएको थियो ।

यदि प्रियंका चोपडाले एसएस राजामौलीसँग यो साउथ फिल्म गर्छिन् भने उनी २३ वर्षपछि तेलुगु सिनेमामा फर्किन लागेकी हुन । यसअघि सन् २००२ मा उनी पी रविशंकरको रोमान्टिक ड्रामा ‘अपरुपम’ मा देखा परेकी थिइन् । बलिउडमा उनको पछिल्लो रिलिजको बारेमा कुरा गर्दा २०१९ मा उनी शोनाली बोसको ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन्।

हालै मात्रै प्रियंका चोपडा पनि क्यानडामा जोनास ब्रदर्सको आगामी फिल्मको सेटमा समेत देखिएकी थिइन् । उनको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी कल्पना चावलाको बायोपिकमा देखिने भएकी छिन्, जुन यो वर्षको अन्त्यमा रिलिज हुन जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?