जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आगामी चैत नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौँ- अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण आगामी चैत ६ गतेदेखि १४ गतेसम्म आयोजना हुने मण्डला थियटरले जनाएको छ ।

विश्व रङ्गमञ्च दिवसका अवसरमा आयोजना गरिने महोत्सवमा ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारा राखिएको छ । महोत्सव संयोजक रङ्गकर्मी केदार श्रेष्ठले तेस्रो संस्करण काठमाडौँलगायत केही सहरमा गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, “महोत्सवको निरन्तरतासँगै यसलाई अझैँ वृहत बनाउने हाम्रो प्रयास हो, यसकारण हामीले यसलाई मुुलुकका विभिन्न सहरमा पुगेर त्यहाँका दर्शकसँग साक्षात्कार गर्न चाहेका छौँ ।”

उनले गत असारमा आह्वान गरिएको सूचनामार्फत प्राप्त भएको नाटक तथा कार्यक्रम छनौट गरी केही दिनमै निटफेस्टको विस्तृत नाटक तथा कार्यक्रम तालिका सार्वजनिक गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?