जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चौदण्डीगढी मेयर कप फुटबल सोमबारदेखि

काठमाडौँ- उदयपुरको चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा आठ समूहले स्पर्धा गर्ने चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रू ५५ हजार र कप प्रदान गरिनेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीलाई रू ३५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । खेल नकाउटका आधारमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?