जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पाकिस्तानमा सिंह, चितुवा र बाघ जस्ता जङ्गली जनावर घरमा राख्न पाइने

काठमाडौँ – पाकिस्तानको आर्थिक अवस्था दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ । यस्तो अवस्थामा त्यहाँको सरकारले पैसा कमाउने नयाँ र अनौठो उपाय खोजिरहेको छ । पाकिस्तानले गधा पाल्दै चीन निर्यात गर्दै आएको छ ।

तर, अहिले पाकिस्तानमा जनावरबाट पैसा कमाउने भोक झनै बढेको छ । पाकिस्तान सरकारले पैसाको लागि खतरनाक जंगली जनावर पाल्न अनुमति दिने भएको छ ।

अब त्यहाँ कुनै पनि व्यक्तिले ५० हजार रुपैयाँ सरकारी कोषमा जम्मा गरेर सिंह, चितुवा, बाघ जस्ता जङ्गली जनावरलाई आफ्नो घरमा राख्न सक्ने भएका छन् अर्थात् मात्र ५० हजार रुपैयाँमा पाकिस्तान सरकारले सिंह, चितुवा र बाघलाई घरपालुवा जनावर बनाउने बाटो खुला गरि दिएको छ ।

यसका लागि पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले नियममा परिवर्तन गरेको छ । यसरी जंगली जनावर पाल्दा उनीहरूलाई सहरको सीमाबाट अलि टाढा राख्नु पर्ने सर्त राखिएको छ ।

संसारका धेरै देशहरूमा जंगली जनावरहरूलाई घरमा राख्ने फेसन रहेको छ। साउदी अरेबिया र युएईजस्ता देशहरूमा मानिसहरू प्रायः यस्ता खतारनाक जनावरलाई आफ्नो घरमा राख्छन्। अमेरिकाका केही राज्यमा चितुवा पाल्ने चलन रहेको छ ।

पाकिस्तानको पञ्जाब सरकारले जंगली जनावरहरूलाई घरपालुवा जनावरको रूपमा राख्न अनुमति दिए पनि सामाजिक सञ्जालमा उनीहरूको भिडियो र तस्विर पोस्ट गर्न भने कडाइका साथ प्रतिबन्ध लगाएको छ, यो उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिनेछ।

यसका साथै यी खतरनाक जनावरहरूलाई राख्नका लागि केही नियमहरू पनि तय गरिएको छ। सरकारको सर्त पुरा गरे पछि मात्रै खतारनाक जंगली जनावर पाल्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?