जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

संगीत

प्रकाश सपूतको फिल्म ‘बसन्त’ को गीतले कस्तो प्रतिक्रिया पाइरहेको छ?

काठमाडौँ– गायक तथा अभिनेता प्रकाश सपूतले गत साता आफ्नो निर्माण तथा निर्देशनसमेत रहेको फिल्म ‘बसन्त’ मा समावेश गीत ‘साँझ पर्‍यो झमक्कै’ सार्वजनिक गरे । उक्त गीत रिलिज भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्यो ।

प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार प्रकाशसँगै स्वस्तिमा खड्काको अभिनय देख्न सकिन्छ । यो गीत रिलिज लगत्तै एकाएक चर्चाको शिखरमा पुगेको छ भने भिडियो शेयरिङ एप टिकटकमा पनि हजारौँ प्रयोगकर्ताले गीतमाथि भिडियो निर्माण गरेका छन् ।

भिडियोमा जात नमिले पनि मन मिलेका दुई जोडीको कथालाई देखाइएको छ । भर्खरै प्रेममा परेका प्रेमिल जोडीको कथा समेटिएको यो गीतमा युवकलाई भावुक र युवतीलाई केही चुलबुले चरित्रका रुपमा देखाइएको छ । भिडियोमा प्रकाश र स्वस्तिमाले जीवन्त अभिनय गरेका छन् भने गीतका शब्द पनि उत्तिकै दमदार छन् ।

प्रकाशका फ्यानले उनको कामको तारिफ गर्दै सामाजिक सञ्जाल रङ्ग्याएका छन् । युट्युबमा पनि प्रयोगकर्ताले यो गीत निकै मन परेको प्रतिक्रिया दिएका छन् ।

एक प्रयोगकर्ता युट्युबमा लेख्छन्, ‘प्रकाश सपूतको मयुजिक भिडियो कुनै फिल्मभन्दा कम हुँदैन भने फिल्म त कुरै नगरौँ ।’

यस्तै अर्का प्रयोगकर्ताले पनि ‘साँझ पर्‍यो झमक्कै’ को सिर्जनाको तारिफ गरेका छन् । बल बहादुर परियार लेख्छन्, ‘प्रकाश सपूतको प्रतिभा र क्षमतालाई सम्मान छ, गीत र भिडियो दुवै राम्रो लाग्यो ।’

अर्का एक प्रयोगकर्ताको भनाइ छ, ‘यो गीतले फेरि एकपटक देश खाने भयो, संगीतको दुनियाँमा धुम मच्चाउने भयो ।’

फिल्मको कुरा गर्नुपर्दा ‘बसन्त’ को कथा संगीत र निर्देशन प्रकाश सपूतले नै गरेका हुन् । यस्तै फिल्मको मुख्य सहायक निर्देशकमा प्रकाशका भाइ सुनिल विक देखिएका छन् । प्रकाश र स्वस्तिमाका अलावा खड्ग बहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादे लगायतका कलाकारको समेत अभिनय छ ।

फिल्मलाई मोहन विश्वकर्मा र विन्दु बोहोराले निर्माण गरेको यो फिल्मलाई आगामी चैत्र २२ गतेदेखि प्रदर्शनमा ल्याउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?