जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘राष्ट्रिय चेतना र सहिदको भावना’ शीर्षकमा कला प्रदर्शनी हुने

काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सहिदहरुको योगदान र भावलाई कदर गर्दै माघ १५ गते ‘राष्ट्रिय चेतना र सहिदको भावना’ शीर्षकमा कला प्रदर्शनी गर्ने भएको छ ।

प्रतिष्ठानले हालै सूचना जारी गर्दै कलाकारहरुलाई प्रदर्शनीमा लागि कलाकृति पठाउन आह्वान गरेको हो । नेपालको संविधान २०७२ को मूल मर्मलाई आत्मसात् गर्दै परिवर्तनका लागि भएका देशभक्तिपूर्ण आन्दोलन, सङ्घर्ष, बलिदान, सहिदको उत्सर्ग र त्याग, सामाजिक रुपान्तरण, जागरण, चेतना, स्वाधीनता, माटो, लोकतन्त्र, वीरता, सहिदप्रतिको सम्मान, एकतालगायत भाव एवं विषयवस्तुलाई कलाकृतिहरुमा समेट्ने प्रतिष्ठानले जनाएको छ ।

प्रदर्शनीमा सहभागी हुन चाहने कलाकारहरुले प्रतिष्ठानमा माघ १० गतेसम्ममा कलाकृति बुझाइ सक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?