सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मङ्गलवार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?