जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सगरमाथा आरोहण अनुमति शुल्क बढ्ने, कति पुग्यो ?

काठमाडौँ- सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाउने भएको छ ।

विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकी डलरबाट बढाएर १५ हजार डलर पुर्‍याउन लागिएको छ, जुन ३६ प्रतिशत बढी हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत माधव अधिकारीले सिन्ह्वासँगको कुराकानीमा भने, “नयाँ दर आगामी सेप्टेम्बर १, २०२५ देखि लागू हुनेछ तर यो वसन्तमा सगरमाथा चढ्न चाहनेहरूले बढि शुल्क तिर्नु पर्दैन ।”

नेपाली आरोहीका लागि शुल्क ७५,००० नेपाली रुपैयाँ (लगभग ५४५० अमेरिकी डलर) बाट दोब्बर भएर १,५०,००० रुपैयाँ लगभग (१,०९० डलर) पुगेको छ । पछिल्लो पटक जनवरी १, २०१५ मा पर्वतारोहण अनुमति शुल्क परिमार्जन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?