जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रक क्लाइम्बिङको गन्तव्य बन्दै ‘चुनपहरा’

काठमाडौँ– तनहुँकाे बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा ‘रक क्लाइम्बिङका’ लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।

कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरू चट्टान आरोहणका लागि आउने गरेका हुन् । यसबाट राम्रो आम्दानी पनि हुन थालेको स्थानीय बताउँछन् । 

विसं २०६० देखि चट्टान आरोहण सुरु भएको पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन् । त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्ने गरेका छन् । 

पहरामा आरोहणका लागि एक सय शुल्क कायम गरिएको छ भने अट्ठाइस वटा रुटको व्यवस्था गरिएको बिमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ । अर्थात् पहरामा एकै पटकमा अट्ठाइस जनाले चट्टान आरोहण गर्न सक्छन् ।

हाल आन्तरिक एवं बाह्य पर्यटक गरी हालसम्म एक लाखभन्दा बढीले चट्टान आरोहण गरिसकेको समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।

पृथ्वी राजमार्ग बिस्तारका क्रममा चुनपहरा भत्काउन लागेपछि पहराको अस्तित्व सङ्कटमा पर्ने देखिएपछि स्थानीयको पहलमा पहरा सुरक्षित गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?