जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एपीएफ क्लब फाइनलमा

काठमाडौँ- एपीएफ क्लब एन्फा राष्ट्रिय लिग २०२४–२५ को फाइनलमा प्रवेश गरेको छ ।

त्रिभुवन आर्मी क्लबमाथि  जित हासिल गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा एपीएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

एक गोलले पछाडि रहेको स्थितिमा स्ट्राइकर रश्मीकुमारी घिसिङले १० मिनेटमा दुई गोल गर्दा एपिएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एपीएफले अब फाइनलमा आर्मी र नेपाल पुलिसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ १६ गते बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?