जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पाँच जना साधकलाई नइ पुरस्कार प्रदान गरिने

काठमाडौँ- नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँच जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आइतबार बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।

साढे छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेबापत पाल्पाका श्री कृष्णप्रसाद वस्याललाई साठी हजार रुपैयाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गरिने भएको छ ।

त्यस्तै, ‘नइ कीर्ति विवेचना’नामक कृतिमार्फत नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि साहित्यकार श्री ठाकुर शर्मा भण्डारीलाई ‘नइ कपिल शोध पुरस्कार’ समर्पण गरिने भएको छ ।

काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र सङ्गठनको संवर्धनमा समर्पित हुँदै शिक्षा सेवामा समेत योगदान पुर्‍याउने झापाका श्री धनकुटे कान्छालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको हित, मर्यादा र सङ्गठनमा क्रियाशील र समर्पित रही देशदेशान्तरमा समेत उल्लेखनीय योगदान पुर्याउने पोखराकी तेस्रो लिङ्गी श्री रजनी थकालीलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी तीनओटा पुरस्कारका राशि जनही पचास पचास हजार रुपैयाँ रहेका छन् । थाइल्यान्डमा सम्पन्न विश्वका चवालीस राष्ट्रका आदिवासी किशोरीको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस हेरिटेज पेटाइट युनिभर्सबाट सर्वोत्कृष्ट घोषित भई नेपालको प्रतिष्ठा बढाए बापत झापाकी सुश्री मनीषा राजबंशीलाई पच्चीस हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?