जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था

सिमकोट ‘हुम्ला’ – हुम्ला जिल्ला अस्पतालमा ज्येष्ठ नागरिकको लागि उपचार सहजताका लागि छुट्टै शय्याको व्यवस्था गरिएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकमा अन्य बिरामीसँगै उपचार हुँदा समस्या हुने भएकाले पनि उनीहरूको उपचारमा सहज होस् भनेर छुट्टै शय्याको व्यवस्था गरिएको सामाजिक सुरक्षा इकाइ शाखाका उजिर बोहराले बताए ।

उपचारका लागि आउने ज्येष्ठ नागरिकका लागि दुई शय्या र ज्येष्ठ नागरिकलाई न्यानोका लागि दुई हिटरको व्यवस्था गरेको बोहराले बताए ।

जिल्ला अस्पतालमा चार वर्षदेखि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट ज्येष्ठ नागरिक कार्यक्रम लागूहुँदै आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतिक्षा भारतीले बताए । माघदेखि अस्पतालमा भर्ना भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो व्यवस्था गरिएको उनले बताए । उनका अनुसार ७५ वर्ष भन्दामाथिका सबै खाले ज्येष्ठ नागरिकलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क छ ।

त्यसैगरि ६५ देखि ७४ वर्षको ज्येष्ठ नागरिकलाई ७५ प्रतिशत छुट र ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक कार्यक्रमका लागि रू दश लाख बजेट केन्द्रबाट उपलब्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?