जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु फिल्म प्रदर्शनी २०८१’ हुने

काठमाडौँ– ‘राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु फिल्म प्रदर्शनी २०८१’ हुने भएको छ ।

शैली थिएटरले गर्दै आएको महोत्सवको यो १६ औं संस्करण हो । फागुन १ देखि ७ गतेसम्म हुने महोत्सव रातोपुलस्थित शैली थिएटर तथा कमलपोखरीस्थित रुसी सदन (रुसी सांस्कृतिक तथा विज्ञान केन्द्र)मा आयोजना हुने महोत्सवका संयोजक सबिन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार महोत्सवका लागि १४ वटा नाटकहरु छनोट भएका छन् । ‘तारे भिर,’ ‘स्याडो,’ ‘रक्त पासो,’ ‘को चोर’ लगायतका नाटक महोत्सवमा मञ्चन हुनेछन् ।

महोत्सवमा काठमाडौँ उपत्यका र बाहिरका विद्यालयहरु सहभागी हुनेछन् । आयोजक पक्षले महोत्सवमा प्रदर्शन गरिने बाल लघु फिल्मको भने सूची सार्वजनिक गरेको छैन ।

वि.सं. २०६५ सालमा स्थापित भएको शैलीले २०६६ देखि निरन्तर रुपमा बाल नाटक महोत्सव गर्दै आएको छ ।

महाेत्सवमा मञ्चन हुने नाटकहरुकाे सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?