जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गायक विजय लामाले भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिने

काठमाडौँ – सोनाम ल्होसारको अवसर पारेर गायक विजय लामाले राजधानीको टुँडिखेलमा सांगीतिक प्रस्तुति दिने भएका छन्। २८६१औं सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्।

विजय लामा एण्ड द व्याण्डको प्रस्तुति रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीत नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी, माया है बस्ला रसैलेलगायतका एक दर्जन बढी गीत गाउने छन्। लोसार मूल समारोह समितिको आयोजनामा हुन लागेको कार्यक्रमको व्यवस्थापक नमस्ते साउण्ड रहेको छ।

यसैबीच टुँडिखेलको कार्यक्रम सकिए लगत्तै भोलीपल्ट नै गायक लामा सांगीतिक प्रस्तुतिका लागि दुबई उड्नेछन्। उनले फेब्रुअरी १ तारिखका दिन दुबईको क्लब याक एण्ड यती एभरेष्ट बार दुबईमा एकल सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रमको आयोजक दुबई नेपाली रक्स रहेको गायक लामाले जानकारी दिए। पछिल्ला दिनमा सामाजिक काममा पनि व्यस्त गायक लामाले देशभरका गरिव र टुहुरा असहायका लागि काम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?