जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

त्रिदेशीय टी–२० महिला क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध नेपाल फिल्डिङ गर्दै

काठमाडौँ- त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली महिला टोलीले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाली टोलीले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको हो ।

शृङ्खलामा नेपाल र नेदरल्यान्ड्सँगै थाइल्यान्डको पनि सहभागिता छ । नेपाली महिला टोलीले पहिलो पटक नेदरल्यान्ड्ससँग खेल्न लागेको हो ।आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छन् । यस्तै श्रृङ्खलाको अर्को टोली थाइल्याण्ड १३औँ स्थानमा छ ।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन् ।

यस्तै, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?