जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल–भारत रङ्ग महोत्सव हुने

काठमाडौँ– जमलस्थित राष्ट्रिय नाचघरमा नेपाल–भारत रङ्ग महोत्सव हुने भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा माघ २३ गतेदेखि महोत्सव शुरु हुनेबारे बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रतिष्ठानले जानकारी दिएको हो ।

प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गर्न लागेको महोत्सवमा नेपाल र भारतका गरी ६ वटा नाटकहरु मञ्चन हुनेछन् ।

माघ २३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उदुघाटन गर्ने महोत्सवमा नेपालबाट सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी,’ नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी र तथा संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ मञ्चन हुनेछन् ।

त्यस्तै, भारतबाट विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’ मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ र अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ मञ्चन हुने प्रतिष्ठानका कुलपति निशा शर्माले बताइन् ।

भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव पहिलो भएको सुनाउँदै कुलपति शर्माले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘महोत्सवबाट प्रस्तुतिसँगै एक अर्काका संस्कृति, मूल्य, मान्यता, कथाहरु एक आपसमा साझेदारी गर्दै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ बलियो बनाउनेछ भन्ने विश्वास गरेकी छु ।’

भारतको संस्कृति मन्त्रालयका सचिवसमेत सहभागी हुने महोत्सव माघ २३, २४, २७, २८, २९ र ३० गतेसम्म जारी रहनेछ ।
महोत्सव आयोजनामा नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, नेपाल टेलिकमका साथै नेपालस्थित भारतीय दूतावासले सहकार्य गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?