जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

त्रिदेशीय महिला टी-२० मा नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौँ- राजधानीमा जारी त्रिदेशीय महिला टी-२० शृंखलामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।

शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ६० रन बनाइन् । त्यस्तै सुवानन खियोतोले १४ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाए ।

नेपालका लागि मनिसा उपाध्यायले २ विकेट लिइन् भने कविता कुँवर, कविता जोशी र रुबिना क्षेत्रीले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ सय १ रन बनाएको थियो ।

नेपालका लागि कविता कुँवर र बिन्दु रावलले समान २५ रन बनाए भने कप्तान इन्दु बर्माले १५ रन बनाइन् । थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले समान २ विकेट लिए ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?