जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म

काठमाडौँ- स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ । पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याई नभ्याई नै हुन्छ । वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ ।

तर पाल्पाको रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि व्यवसाय गर्दै आएका छन् । वडाध्यक्ष पोखरेलले भने, ‘वडाका काममा मात्र नभई कृषि व्यवसाय, सामाजिक कार्यलाई उत्तिकै सक्रियताका साथ गर्दै आएको छु ।’

व्यस्त समयका बाबजुद पनि उनको कृषि कार्यप्रतिको लगाव र मेहनत लोभलाग्दो छ । उनी वडाको जिम्मेवारी कुशलतापूर्वक निभाउँदै कृषि कार्यमा तल्लिन छन्।

वडाध्यक्ष पोखरेल वडाका काम बाहेकको समय घरमा कृषि कर्म गर्नमै खटिन्छन् । ‘वडा तहबाट गर्ने काम सकिएपछि साँझ बिहानको समयमा तरकारी, अन्नबाली लगाउने, गोडमेल गर्ने, भैँसीको हेरचाह गर्नेलगायत काममा समय बिताउँछु’, उनले भने, ‘यसरी काम गर्दा समय बितेको पत्तो हुँदैन ।’

रामपुर–५ मटेरीमा वडाध्यक्ष पोखरेलले कृषि कर्म गरेर आफ्नो जग्गा हरियाली बनाएका छन् । करिब १५ रोपनी जग्गामा तरकारी, अन्नबाली उत्पादन गरी उनले बिक्री गर्दै आएका छन् । हाल साढे पाँच रोपनी जग्गामा तरकारी खेती गरिएको छ । त्यसमध्ये साढे तीन रोपनीमा काउली, बन्दा, मुला, धनियाँ, साग छन् भने दुई रोपनीमा आलु खेती गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?