जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमेरिकी कंग्रेसमा डिपसिक प्रयोगमा प्रतिबन्ध

काठमाडौँ- अमेरिकी संसद र कंग्रेसले आफ्नो कार्यालयमा चीनको आर्टिफिसियल इन्टेलिजेन्स एआई च्याटबट डिपसिकको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

एक्सियोसको रिपोर्टका अनुसार अमेरिकी कंग्रेसले यस सम्बन्धमा एक सूचना जारी गर्दै प्रणालीमा खतरनाक सफ्टवेयर अपलोड गर्न धेरै च्याटबट प्रयोग भइरहेको जनाएको छ । यसले डिपसिकबाट हुने सम्बन्धित जोखिमहरू पनि बताएको छ ।

अमेरिकी कांग्रेसले एआई प्रविधिको द्रुत विकासका कारण सुरक्षा र प्रशासनिक चुनौतीहरूको सामना गरिरहेको बताएको छ। यसैबीच कांग्रेसका प्रमुख प्रशासकीय अधिकृतले अहिले डिपसिकमाथि अनुसन्धान भइरहेको बताए ।

यस कारणले यो अमेरिकी कांग्रेस कार्यालयहरूमा प्रयोग गर्न सकिँदैन। कुनै पनि सम्भावित खतरालाई सम्बोधन गर्न डिपसिकको प्रयोगलाई सदनद्वारा जारी गरिएका सबै उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ। साथै, कर्मचारीहरूलाई आधिकारिक फोन, कम्प्युटर र ट्याब्लेटमा डिपसिक डाउनलोडमासमेत प्रतिबन्ध लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?