जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मौलाकालिका अस्पतालको नवनिर्मित भवनमा सेवा सुरु

चितवन – यहाँको मौलाकालिका अस्पतालले अस्पतालले नवनिर्मित भवनमा सेवा सुरु गरेका अवसरमा बहिरङ सेवा ‘ओपिडी’निःशुल्क र अन्य सेवामा ५० प्रतिशत छुटको घोषणा गरेको छ ।

भरतपुर महानगरपालिका–१० विमानस्थल नजिक रहेको अस्पतालले सोमबारदेखि आफ्नै नयाँ भवनबाट सेवा दिन लागेको हो । भरतपुर महानगरपालिका–११ बाइपास रोडमा रु ३५ करोडको लागमा निर्माण गरिएको छ तले सुविधासम्पन्न अत्याधुनिक भवनबाट सेवा सुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले जानकारी दिए।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि अस्पताललाई एक सय शय्यासहित आफ्नै भवन अनिवार्य हुनुपर्ने भएकाले नयाँ भवन निर्माण गरेको बताए ।

अस्पतालका प्रबन्ध निर्देशक डा केशवराज भुर्तेलले नयाँ भवनबाट आकस्मिक सेवासहितका सबै खालका सेवा दिन लागिएको बताए। सरकारले हरेक अस्पतालमा विपन्नका लागि दिने १० प्रतिशत निःशुल्क सेवालाई यस अस्पतालले पनि दिँदै आएको उनले बताए । उनका अनुसार निःशुल्क सेवा भए पनि १० प्रतिशत पु¥याउन नसकिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?