सुनको मूल्य आज पनि स्थिर, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ– नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतवारको तुलनामा आज पनि सुनको भाउ स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेर प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?