जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एसकेटी र इन्टेलले विकास  गरे ‘सिक्स जी’ कोर आर्किटेक्चर प्रविधि

काठमाडौँ– दक्षिण कोरियाली टेलिकम अपरेटर एसकेटीले कम विलम्बता सिक्सजी कोर नेटवर्क प्रविधि विकास गरेको छ ।

दक्षिण कोरियाली टेलिकम अपरेटर एसकेटीले र टेक जायन्ट इन्टेलले संयुक्त रूपमा कम विलम्बतायुक्त सिक्सजी कोर आर्किटेक्चर प्रविधि विकास गरेका हुन् ।

एसकेटीले इन्टेलसँगको सहकार्यमा, यसले इन्लाइन सर्भिस मेश (Inline Service Mesh), बिल्ट–इन एआईका साथमा इन्टेल जियोन प्रोसेसरहरू प्रयोग गर्ने प्रविधिको विकास गरेको घोषणा गरेको छ ।

यसले एकाइ बिचको विलम्बता घटाएर सिक्स जी कोर नेटवर्क भित्र प्रोक्सी प्रयोग नगरी प्रकार्य सञ्चार गति बढाउन सक्षम हुने दाबी गरिएको छ ।  

कम्पनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा कोर नेटवर्क टेक्नोलोजीको विकास जारी रहँदा नेटवर्क बनाउने विभिन्न प्रणालीहरू र विभिन्न सेवाहरू प्रदान गर्ने विस्तृत कार्यहरू पनि विस्फोटक रूपमा बढ्दै गएको उल्लेख गरिएको छ ।

दुई कम्पनीहरूले ६जी कोर आर्किटेक्चरको अनुप्रयोग मार्फत सञ्चार ढिलाइ ७० प्रतिशतले घटाउन र कोर नेटवर्कमा ३३ प्रतिशतले सेवा दक्षता बढाउन सक्षम हुने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?