जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

घुम्ती शिविरबाट सात हजार बढी लाभान्वित

महोत्तरी – मटिहानी नगर कार्यपालिकाको कार्यालयले गत माघ २३ गतेदेखि बिहीबारसम्म मटिहानीमा सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरबाट सात हजार छ सय ९६ जनाले सेवा लिएका छन् ।

शिविरमा नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुने सबै सेवा प्रवाह गरिएको थियो । शिविरमा सबैभन्दा बढी दुई हजार पाँच सय ८७ जनाले सेवा लिएका थिए भने दुई हजार पाँच सय ३० जनाले कृषि सेवा लिएका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले बताए ।

तीन वर्षयता नगर कार्यपालिकाको कार्यालयले बर्सेनि घुम्ती सेवा सञ्चालन गर्दै आएको छ । शिविरमा प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी , प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?