जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्ता छन् आत्महत्याका सूचक र रोकथामका उपाय

पछिल्लो समय आत्महत्याका घटनाहरु निकै बढ्दो छ । आत्महत्या भन्नाले आफ्नो स्वच्छाले मृत्यु रोज्नु हो । जस्तै झुन्डिएर आत्महत्या गर्नु, आगो लगाएर देह त्याग गर्नु, हाम फालेर ज्यान फाल्नु, विष सेवन गर्नु आदि हो ।

आत्महत्या एक प्रकारको मनोरोग पनि हो । मानिसले आत्महत्या गर्ने विभिन्न कारणहरु हुन्छन् ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् भने प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्छन् । त्यसैगरी प्रत्येक १ दिनमा ३ हजारले र वर्षभरिमा करीब आठ लाखले आत्महत्याका कारण ज्यान गुमाउने गरेको तथ्यांक छ ।

एक्लोपन, पारिवारिक कारण, प्रेमसम्बन्ध,गाली बेइजति, असफलता लगायतका कारणले मानिसले आत्महत्या गरिरहेको देखिन्छ । नेपालमा पनि आत्महत्याको दर डरलाग्दो नै छ ।

महिनामा झण्डै १२–१३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ जुन विश्वमा उच्च आत्महत्याको दर हो । मान्छेले आत्महत्या गर्नुको मुख्य कारण मानसिक तथा मनोसामाजिक समस्या अन्तर्गत पहिलो कारण डिप्रेशन (उदासिनता), निराशा, आवेग नै हो । यस्तै मानसिक रोगले च्याप्दै गएपछि मानिसहरु आत्महत्या गर्ने अवस्थामा पुग्छन् ।

आत्महत्याका सूचकहरू
– यातना वा हिंसा
–आफन्तहरुको मृत्यु वा बिछोड हुनु
–दीर्घ रोगीहरु
–पहिला नै आत्महत्याको प्रयास
–मानसिक स्वास्थ्य समस्याहरु
–असफलता
–निराशा बढ्दै जानु
–बलात्कार
–आर्थिक समस्या
–बेरोजगारी
–सामाजिक संजालमा मृत्यु सम्बधि कथा, कविता पोष्ट गर्ने

आत्महत्या रोकथामका उपायहरु
– आफूलाई कमजोर छु भन्ने कहिल्यै पनि नसोच्ने ।
–मानसिक चिकित्सक वा मनोपरामर्शकर्तासँग परामर्श लिने
– आत्महत्या गर्न मिल्ने साधनहरु टाढा राख्ने
– नियमित व्यायाम, योग तथा ध्यान गर्ने
–मन मिल्ने वा विश्वासिलो व्यक्तिसँग कुराकानी आदानप्रदान गर्ने
–रमाईलो वातावरण सिर्जना गरेर फ्रेस हुने
–आत्महत्या गरेको व्यक्ति, घटना, फोटो, भिडियो वा त्यस्ता सामाग्रीहरु सामाजिक संजालमा नराख्ने
–सकभर सधै व्यस्त रहने र एक्लै नबस्ने ।
–धेरै नसोच्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?