जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सार्वजनिक भयो ‘जिग्री’को ट्रेलर 

काठमाडौँ – फिल्म ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३१ सेकेन्ड लामो ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ । 

फागुन ४ गते प्रदर्शनमा आउने फिल्म   ‘जिग्री’ कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण हो । 

आकाश मगरले निर्देशन गरेको चलचित्रमा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाललगायत कलाकारको अभिनय छ । 

फिल्ममा सरुन मानन्धरको सम्पादन, किशोर आचार्यको ध्वनि परिकल्पना तथा मिश्रण, आकी थेक्पाको प्रोडक्सन डिजाइन, सुवास पौडेल र भास्कर स्वाँरको संगीत तथा लुज राजभण्डारीको भीएफएक्स छ ।

सुस्केरा आर्ट्स र लोकल सिनेमाले निर्माणमा सहकार्य गरेको फिल्मको कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ हुन् भने फिल्मलाई सुस्केरा आर्ट्सले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?