जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रिमुभेवल मिडिया प्रयोग गर्नुहुन्छ ? सावधान, हुन सक्छन् यस्ता जोखिम 

काठमाडौँ– आफूलाई चाहिने दैनिक फाइलहरू एक स्थानबाट अर्को स्थानमा लैजान वा सार्नका लागि रिभुभेवल मिडियाहरूको प्रयोग हामी सबैले गर्ने गर्छौ।

पेन ड्राइभ, एसडी कार्ड, सिडी डिस्क, अडियो रेकर्डर, डिजिटल क्यामरा लगायतका उपकरणहरूलाई रिभुभेवल मिडिया भनिन्छ । 

प्रयोग गर्नका लागि यो निकै सजिलो र बोक्नका लागि समेत सहज हुनेभएकोले अधिकांशले यस्ता रिमुभेवल मिडिया डिभाइसहरूको प्रयोग गर्ने गरेको पाइन्छ । 

तर त्यस्ता रिमुभेवल डिभाइसहरु साइवर सुरक्षाका हिसाबले सबैभन्दा उच्च जोखिम हुने गर्दछ । 

रिमुभेवल मिडियाको प्रयोग गर्दा हुने जोखिमबाट बच्नका लागि यसप्रकारका उपायहरु अपनाउन सकिन्छ :

– पेन ड्राइभ, एसडी कार्ड, सिडी डिस्क, अडियो रेकर्डर, डिजिटल क्यामरा, मोबाइल फोन लगायतका रिमुभेवल मिडियाहरूलाई अरूको पहुँच नपुग्ने गरी गोप्य स्थानमा राख्ने,

– संवेदनशील डाटाहरूलाई रिमुभेवल डिभाइसमा नराख्ने,

– रिमुभेवल डिभाइसमा संवेदनशील डाटा राख्नै पर्ने भएमा पुरै डिस्कलाई सधैँ इन्सक्रिप्सन गरेर राख्ने, 

– रिमुभेवल मिडियाको इन्सक्रिप्सन पासवर्ड कसैसँग पनि सेयर नगर्ने,

– आफ्नो कम्प्युटर, ल्यापटपमा विश्वसनीय एन्टीभाइरसको प्रयोग गर्ने,

– रिमुभेवल मिडियालाई नियमित रूपमा स्क्यान गर्ने,

– असुरक्षित वा सार्वजनिक कम्प्युटरमा आफ्नो रिमुभेवल डिभाइस प्रयोग नगर्ने,

– भेटाएको वा अपरिचित व्यक्तिबाट प्राप्त शङ्कास्पद रिमुभेवल मिडियाहरूलाई आफ्नो कम्प्युटरमा सिधै प्रयोग नगर्ने,

– संवेदनशील डाटा भएको रिमुभेवल मिडियालाई सुरक्षित साथ अरूले विवरण निकाल्न नमिल्ने गरी डिस्पोज गर्ने,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?