जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तीन कविलाई व्यथित काव्य सम्मान

काठमाडौं – साहित्यिक पत्रकार संघले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ ।

आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गरे ।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा डा लक्ष्मणप्रसाद गौतमले सम्मान पाउने कविहरुको परिचय गराएका थिए।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?