जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अशोक शर्माको फिल्म ‘डबल ट्रिपल’ अर्को ईतिहास रच्ने गरी आउने तयारीमा

काठमाडौँ – नेपाली चलचित्र जगतका जाने मानेका हस्ती, आफैमा अबल दर्जाको लोकप्रिय कलाकार, निर्माता, निर्देशक, दर्जनौँ सुपर हिट चलचित्रका प्रस्तोता अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आगामी दशैंको फूलपातीको दिन रिलिज हुने भएको छ ।

दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका लोकप्रिय कलाकारहरूको बेजोड अभिनय रहने छ ।

किरण शर्मा पौड्याल, कृति शर्मा, अङ्कित शर्माको निर्माण, अशोक शर्माको निर्देशनमा बन्न लागेको यो चलचित्र ‘डबल ट्रिपल’ आगामी दशैंको फूलपातीको दिन स्वदेश विदेशमा एकसाथ रिलिज हुने छ ।

अशोक शर्मा र राजेश सिटौलाको कथा पटकथा, सम्भुजीत बास्कोटाको सङ्गीत रहने उक्त चलचित्रमा मनोज पण्डित स्क्रिप्ट डक्टर, शान बस्न्यात संवाद, आलोक शुक्ला सिनेमाटोग्राफर, नगेन्द्र घिमिरे प्रोडक्सन, राजु किराँती द्वन्द्व, सुनिल छेत्री कोरियो ग्राफर, ट्राइडेन्ट कन्सेप्ट पब्लिसिटिमा रहेका छन् ।

कलाकारहरू सहित अफिसियल एनाउन्समेन्ट गर्ने तयारी भइरहेको यो चलचित्र ‘डबल ट्रिपल’ अब केही दिन पछि नै शुभ मुहूर्त गरेर छायाङ्कन गर्न थालिने छ । नेपाली चलचित्र जगतमा आउँदै गरेको यो चलचित्र ‘डबल ट्रिपल’ ले नयाँ इतिहास रच्ने मा कलाकारहरू आशावादी रहेका देखिन्छन् ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष समेत रहेका र यस चलचित्रमा पनि अभिनय गर्न गइरहेका लोक दोहोरी क्षेत्रका हस्ती, अग्रज कलाकार रामप्रसाद खनाल भन्छन्– ‘मेरा मित्र अशोक शर्मा जो नेपाली चलचित्र जगतका एउटा धुर्ब तारा हुनुहुन्छ वहाँ र वहाँको चलचित्रमा अभिनय गर्न म अमेरिकाबाटै आउँदै छु । दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, म, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका लोकप्रिय कलाकारहरूको प्रस्तुतिले चलचित्र सफल हुने कुरामा म ढुक्क छु । चलचित्र ‘डबल ट्रिपल’ मा अशोक शर्माजी ले जुन कम्बिनेशन बनाउनुभएको छ यो ऐतिहासिक हुने मैले विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?