जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै

काठमाडौँ – काठमाडौँमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।

त्रिभुवन आर्मीले क्वाटरफाइनलमा पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने संकटा क्लब विभागीय टिम एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भने शनिबार हुदै छ । दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्ने छ ।

आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?