जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौँ आइपुगे

काठमाडौँ – इटालीका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौँ आइपुगेका छन् । बुफोन सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौँ आएका हुन् ।

सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दै छन् । आयोजक राष्ट्रिय युवा संघले बुफोनलाई अतिथिको रुपमा काठमाडौँ ल्याएको हो ।

४७ बर्षिय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?