जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यसकारण सोमबार गरिन्छ भगवान शिवको पूजा (मन्त्रसहित)

काठमाडौँ। हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाेकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा । यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ।

सोमबार शिवजीको पूजा गरेमा शिवजी चाँडै प्रसन्न हुने विश्वास छ। शिवको मन्दिरमा गएर ‘अर्धनारीश्वर पूजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। त्यो भन्दा शिवलाई खुसी बनाउन शिवपुराण पढ्दा राम्रो हुने र मागेको पाइने विश्वास छ।

सोमबारको व्रत विवाहित महिलाले पति र परिवारको सुख शान्तिको लागि बस्ने गर्छन् भने अविवाहित महिलाले राम्रो पति पाउनको लागि व्रत बस्ने गर्छन्। यो दिन एक छाक मात्रै खाना खाने र नुन तेल नखाने परम्परा रहेको छ।

ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिवलाई जोडेर उपासना गर्नु उत्तम मानिन्छ।

यसरी शुरु भएको मानिन्छ सोमबारको व्रत

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहररू चलिआएका छन। यी कथाहररू मध्ये तीन कथाहररू बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ।

दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रो शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहररूले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैँले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ।

संहारका पनि देवताः
जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ। त्यही उनलाई संहारको देवता पनि मानिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन्। अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ।

सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिव नै हुन्। त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन्। उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन्।

शिवको नामको प्रभावः
सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ। यि नामहरु यस प्रकार छन।

ऊं अघोराय नमः

ऊं शर्वाय नमः

ऊं विरूपाक्षाय नमः

ऊं विश्वरूपिणे नमः

ऊं त्र्यम्बकाय नमः

ऊं कपर्दिने नमः

ऊं भैरवाय नमः

ऊं शूलपाणये नमः

ऊं ईशानाय नमः

ऊं महेश्वराय नमः

शिव पूजा विधि
सोमवार शिव पूजनका लागि प्रातः स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस्। त्यसपश्चात घरको मंदिर या कुनै शिव मन्दिर गएर भगवान शिवको साथ माता पार्वती र नन्दीलाई गंगाजल या पवित्र जल अर्पित गरौँ। जल अर्पित गरे पश्चात शिवलिंगमा चन्दन, चामल, बेलपत्र, सेतो फूल र धतुरो चढाउ। पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौँ।

मन्त्र
ऊं नमः शिवाय,
नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः
ऊंनमो नीलकण्ठाय
ऊं पार्वतीपतये नमः
ऊं पशुपतये नमः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?