जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वैदेशिक रोजगारीको पीडालाई उजागर गर्ने “प्रेम पूजा” सार्वजनिक (भिडियो)

काठमाडौं। वैदेशिक रोजगारीबाट पैसा नकमाई स्वदेश फर्किन बाध्य भएको युवाको पीडा समेटिएको नेपाली चलचित्र “प्रेम पूजा” काव्या फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

चलचित्रमा राज न्यौपाने, नियुक्ति शेर्पा, समिता रिजाल, विष्णु भण्डारी, विश्वनाथ घिमिरे, शिला कटुवाल, अरुण दर्नाल, र दिलीप न्यौपाने प्रमुख भूमिकामा छन्। कलाकारहरूको सशक्त अभिनयले कथालाई जीवन्त बनाउँदै दर्शकलाई गहिरो भावनात्मक रूपमा जोड्न सफल भएको छ।

चलचित्रको छायांकन रामकृष्ण चौलागाईंले गरेका छन्, भने सम्पादनको जिम्मेवारी सुवास देवकोटाले सम्हालेका छन्। सहायक निर्देशनमा इन्दिरा राज न्यौपाने को महत्वपूर्ण योगदान रहेको छ, जसले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ।

काव्या फिल्म्सको विशेष प्रस्तुति “प्रेम पूजा”, निर्देशक राज न्यौपाने को कुशल निर्देशनमा तयार पारिएको उत्कृष्ट सिनेमाटिक कृति हो। यस चलचित्रले कथावस्तु, निर्देशनको कलात्मक दृष्टिकोण, र सिनेमाटोग्राफीको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।

यो प्रेमकथा मात्र नभई, प्रेम, समर्पण, संघर्ष, जीवनका चुनौतीहरू, प्रतिबद्धता, र आत्मबलिदान को गहिराइलाई कलात्मक रूपमा उजागर गर्ने यो चलचित्र भावनात्मक रूपमा हृदयस्पर्शी छ। दमदार अभिनय, सशक्त कथा, र उत्कृष्ट प्राविधिक पक्षले भरिएको “प्रेम पूजा” हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण दर्शकलाई आग्रह गरेको छ।

हेर्नुहोस् भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?