जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमेरिकी विमानवाहक दक्षिण कोरिया पुग्यो

काठमाडौँ। आइतबार अमेरिकी नौसेनाको विमानवाहक जहाज दक्षिण कोरिया आइपुगेको छ । उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणको केही दिनपछि अमेरिकाको विमानबाहक दक्षिण कोरिया पुग्नुलाई शक्ति प्रदर्शनको रूपमा हेरिएको छ।

दक्षिण कोरियाली नौसेनाले विज्ञप्ति जारी गर्दै यूएसएस कार्ल भिन्सन र यसको स्ट्राइक समूहको दक्षिण कोरियाको बुसान बन्दरगाहको भ्रमणको उद्देश्य उत्तर कोरियाली खतराहरूको सामना गर्दै अमेरिका-दक्षिण कोरिया सैन्य गठबन्धन प्रदर्शन गर्नु र उनीहरूको संयुक्त सम्पत्तिको अन्तरसञ्चालनशीलता बढाउनु रहेको बताएको छ।

जुन महिनायता दक्षिण कोरियाको भ्रमण गर्ने यो पहिलो अमेरिकी विमान वाहक हो। अमेरिकी विमान वाहकको अस्थायी तैनाथीले उत्तर कोरियालाई थप आक्रामक बनाउन सक्ने विश्लेषण गरिएको छ । उत्तर कोरियाले अमेरिकी सम्पत्तिको तैनाथीलाई प्रमुख सुरक्षा खतराको रूपमा हेर्छ। अमेरिकी विमान वाहक, लामो दूरीका बमवर्षक र आणविक पनडुब्बीहरूको तैनाथीको जवाफमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ।

जनवरी २० मा पदभार ग्रहण गरेदेखि, राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीति पुनः सुरु गर्न उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्पर्क गर्ने बताएका छन्। उत्तर कोरियाले ट्रम्पको प्रस्तावको प्रत्यक्ष प्रतिक्रिया दिएको छैन, तर ट्रम्पले पदभार ग्रहण गरेदेखि अमेरिकाले उत्तर कोरियाप्रति शत्रुता बढाएको आरोप लगाएको छ।

युक्रेन विरुद्धको युद्धमा रुसलाई समर्थन गर्ने कुरामा केन्द्रित रहेकाले किमले ट्रम्पको प्रस्ताव तत्काल स्वीकार गर्ने सम्भावना कम रहेको विज्ञहरू बताउँछन् । उत्तर कोरियाको आणविक कार्यक्रमको भविष्यबारे छलफल गर्न २०१८र१९ मा ट्रम्पको पहिलो कार्यकालमा किम र ट्रम्पले तीन पटक भेटेका थिए । उत्तर कोरियामाथि अमेरिकी आर्थिक प्रतिबन्धको विवादका कारण उनको उच्चस्तरीय कूटनीति अन्ततः असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?