जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बाँसबारीको जग्गा प्रकरण : अरुण चौधरीसहित तीनजनालाई दुई दिन म्याद थप

काठमाडौं – बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को टोलीले पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई जिल्ला अदालत काठमाडौंले आज थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आज उनीहरु तीनैजनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको उक्त अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

उनले भने, “बाँसबारीको १० रोपनी जग्गा हिनामिना गरेको अभियोग लागेका व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सीका सञ्जय ठाकुरलाई थप दुई दिन हिरातमा राख्न अनुमति दिइएको छ ।” उक्त जग्गा प्रकरणमा सीआईबीले उनीहरुलाई यही माघ १८ गते पक्राउ गरेको हो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?