जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘रुमानीः रङ्ग’ मा अनुबन्धित

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘रुमानीः रङ्ग’ मा अनुबन्धित भएकी छिन्। अभिनेत्री साम्राज्ञी यसै फिल्म मार्फत दर्शक माझ आउन लागेकी हुन् । उनले फिल्म नांगो गाउँपछि नयाँ फिल्म साइन गरेकी थिइनन् ।

निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको छायाङ्कन अष्ट्रेलियामा हुने बताइएको छ ।

महेश पौडेलले खिच्ने फिल्मलाई अनील योञ्जनले निर्देशन गर्नेछन्। निर्देशक योञ्जनले यसअघि फिल्म ‘डायरी’ बनाएका थिए।

नेपाली फिल्मक्षेत्रकी चर्चित अभिनेत्री भएपनि गतवर्ष साम्राज्ञीले खेलेका फिल्महरु असफल भएका थिए। जसकारण उनले केही समय लगाएर नयाँ फिल्म साइन गरेकी हुन्। यस फिल्ममा साम्राज्ञीसहित अभिनेता आर्यन अधिकारी मुख्य भूमिकामा देखिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?