जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्लिम र आकर्षक फिगरका लागि अपनाउनुहोस् यी घरेलु टिप्स

काठमाडौँ। आफ्नो शरीर फिट र स्लिम देखिने चाहना सबैमा हुन्छ तर पर्फेट फिगर सबैलाई प्राप्त हुँदैन । भागदौडले भरिएको जीवनशैलीमा आफ्नो फिटनेसबारे निकै कम मानिस सजग हुन्छन् ।

अस्वस्थ जीवनशैली र खानपानको गलत तरिकाको कारण आजभोलि धेरै मानिसहरु मोटोपनाको शिकार भएका छन् । मोटोपनाको कारण शारीरिक बनावट भद्दा देखिन्छ । यस्तै मोटा मानिसहरुले विभिन्न स्वास्थ्य समस्या समेत झेल्नुपर्छ । यसकारण धेरैले आफ्नो तौललाई नियन्त्रण गरेर स्लिम र फिट रहन चाहन्छन् ।

तपाईं दिनहुँ जिममा व्यायाम गर्न समय निकाल्न सक्नुहुन्न भने घरमै पनि केही समय खर्चन सक्नुहुन्छ । यद्यपि केही उपाय अपनाएर शरीरलाई आकर्षक र स्लिम बनाउन सकिन्छ। यदि तपाईपनि यस्तै समस्याबाट पीडित हुनुहुन्छ भने आउनुहोस् यहाँ हामीले केही टिप्स दिएका छौं, जसलाई उपयोग गरेर तपाई आफ्नो मोटोपन घटाऊनका साथै शरीरलाई स्लिम बनाउन सकिन्छ ।

पानी: पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस्। यो निकै लाभदायी हुनेछ। नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ। यसबाट शरीर स्वस्थ रहन्छ।

कागती पानी : तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ।

काँचो लसुन: बिहान काँचो लसुन खाने बानी गर्नुहोस्। बिहान लसुनको दुई या तीन चोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ। यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ। यसले शरीरलाई निकै फाइदा पनि गर्छ।

बदाम : बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ। यसको सेवनले पेट लामो समय सम्म भरिएको अनुभूति हुन्छ। यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन।

गुलियो : यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस्। मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस्। यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ। यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन्।

खैरो चामल (ब्राउन राइस) : यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस्। यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस्।

मासु : मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ। यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन्। यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस्।

सागसब्जी : खानामा फल र सागसब्जी सामेल गर्नुहोस्। बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ।

खाना पकाउने तरिका : खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस्। दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस्। यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?