जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आँखा दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यी टिप्सहरूले तपाईंलाई दिन सक्छ राहत !

काठमाडौँ। लामो समय कम्प्युटर वा मोबाइलमा काम गर्दा आँखामा थकान र दुखाइ हुनु सामान्य मानिन्छ । यदि तपाईं यस समस्याबाट ग्रसित हुनुहुन्छ ।

त्यसैले अधिकांशको काम कम्प्युर या ल्यापटपमा नै हुन्छ। बसेर काम गर्नेहरुले दिनको ८ देखि ९ घण्टासम्म स्क्रीनमा काम गर्ने गर्छन्। यस्तो कारणले आँखा कमजोर हुनु, आँखा दुख्नु, आँखाको तल कालो घेरा हुनु र आखाँ रातो हुने जस्ता समस्या हुन सक्छ।

स्वस्थ्य आँखाको लागि के गर्ने?

१.यदी तपाईं आँखाको समस्याबाट ग्रसित हुनुहुन्छ भने गुलाब जलको प्रयोग गर्नुहोस्। जुनैपनि मेडिकलमा तपाईले गुलाबब जलको ‘आई ड्रप्स’ पाउनु हुनेछ। जसलाई राति सुत्नभन्दा अगाडि एक–एक बुन्द आँखामा हाल्न सकिन्छ।
२.आँखाको दुखाईबाट छुटकारा पाउनको लागि गाईको ध्यू पनि उत्तम रहन्छ। यसको प्रयोगले तपाईंको आँखा निरोगी र स्वस्थ्य बनाउन मदत गर्दछ। साथै आँखाको ज्योति पनि बढाउँदछ।
३.आँखालाई सफा राख्नको लागि पानीले आँखा पखाल्न जरुरी छ। यदी तपाईंको आँखा दुख्ने समस्या छ भने दिनको एक पटक भएपनि २–३ मिनेट आँखा पखाल्नुहोस्। जसकारण आँखा सफा हुन्छ।
४.बिहान–बिहान घाँसमा हिड्नु पनि स्वस्थ्य रहने एक टिप्स हो। यदी घाँसमा नाङगो खुट्टा हिड्ने हो भने आँखाको ज्योति तेज हुन सक्छ। त्यसैले यस्तो गर्नुपनि आँखाको लागि फाइदाजनक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?