जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टेस्टट्युब बेबी: आधुनिक प्रजनन प्रविधिको चमत्कार!

एजेन्सी। टेस्टट्युब बेबी भन्नाले प्रयोगशालामाइन-भिट्रो फर्टिलाइजेसन (IVF) प्रविधि प्रयोग गरेर गर्भधारण गराइएको बच्चालाई जनाउँछ। दम्पतीमध्ये पुरुष वा महिला कुनै कारण बच्चा जन्माउन असमर्थ भएका अवस्थामा महिलाको महिनावारीका आधारमा तय भएको समयमा बनेका प्रजनन योग्य अण्डा र पुरुषको अण्डालाई मेसिनमा मार्फत इन्ग्रोमा पठाई ४८ घन्टामा सुईका माध्यमबाट महिलाको पाठेघरमा राखेर प्रचनन कार्य गराउने कार्य नै टेस्टट्युव बेबी हो ।

जुन प्रक्रियामा कमजोर बिर्यलाई मेसिनमार्फत प्रजननका लागी योग्य बनाउने र बनाउन नमिल्ने अवस्थामा सहमतिमा महिला वा पुरुष अथवा दुबैको बिर्य सहयोग लिने गरिन्छ । यसरी गर्भाधारण गरेपछिको केही समयमा भने टेस्टट्युव बेबीले सामान्य प्राकृतिक प्रक्रियामा बच्चा हुर्कने गदर्छ ।

यो प्रविधिमा विश्व परिप्रेक्ष्यमै पनि सफलता हासिल गर्न १५ प्रतिशत मात्र सम्भावना रहने विज्ञहरुको दाबी छ । विभिन्न विकल्प हुँदाहुँदै पनि हतारिएर यो प्रविधि प्रयोग हुने गरेको पाइएको छ ।

टेस्टट्युब बेबी कसरी बनाइन्छ?

– डिम्ब उत्पादन गर्ने: महिलालाई हर्मोन दिइन्छ ताकि उनी धेरै अण्डाणु उत्पादन गर्न सकुन्।

-अण्डा संकलन गर्ने: परिपक्व अण्डाणुहरू संकलन गरिन्छ।

-शुक्रकीट सङ्कलन गर्ने: पुरुषको वीर्यबाट स्वस्थ शुक्राणुहरू छुट्याइन्छ।

-प्रयोगशाला : शुक्रा र अण्डा मिसाइन्छ ताकि भ्रूण बनोस्।

-भ्रूण प्रत्यारोपण गर्ने: स्वस्थ भ्रूणलाई महिलाको गर्भाशयमा राखिन्छ।-गर्भधारण पुष्टि गर्ने: भ्रूण गर्भाशयमा सफलतापूर्वक विकसित भएमा गर्भ रहन्छ।

टेस्टट्युब बेबी पहिलो पटक कहिले भयो?
सन् १९७८ मा पहिलो सफल टेस्टट्युब बेबी लुइस ब्राउन को जन्म ब्रिटेनमा भएको थियो। यो प्रविधिले लाखौं बाँझोपन समस्याबाट ग्रसित दम्पतीहरूलाई सन्तान सुख प्राप्त गर्न मद्दत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?