जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ब्रेनफोर्डलाई हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लियो म्यानचेस्टर सिटी 

काठमाडौँ –  इङ्लिस प्रिमियर लिगमा ब्रेनफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

गए राति भएको खेलमा ब्रेनफोर्डलाई ३–१ गोलले पराजित गर्दै म्यानचेस्टर सिटीले जित निकालेको हो ।

जितका लागि  म्यानचेस्टर सिटीका फिल फोडेनले ह्याट्रिक गरेका थिए । खेलको २१औँ मिनेटमा  नियल माउपेको गोलमा अग्रता लिएको ब्रेनफोर्डलाई म्यानचेस्टरका फोडेनले  पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै जवाफ फर्काएका थिए ।

त्यस्तै दोस्रो हाफको ५३औँ र ७०औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भएको हो ।

जितसँगै सिटीको २२ खेलबाट ४९ अंक भएको छ भने २३ खेल खेलेको लिभरपुलको ५१ अंक छ। पराजित ब्रेनफोर्ड भने तालिकाको १५‍औँ स्थानमा छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?