जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सोमबार कुन भगवानको पुजा गर्ने ?

काठमाडौं।  हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहररूले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ।

विशेष व्रत उपवासबाहेक हप्ताको कुनै एक दिन बार अनुसार कुन भगवानलाई पुजिन्छ । त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्।

हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा । यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ।

सोमबार शिवजीको पूजा गरेमा शिवजी चाँडै प्रसन्न हुने विश्वास छ।

शिवको मन्दिरमा गएर  ‘अर्धनारीश्वर पूजा’ गर्ने अनि  ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। त्यो भन्दा शिवलाई खुसी बनाउन शिवपुराण पढ्दा राम्रो हुने र मागेको पाइने विश्वास छ।

सोमबारको व्रत विवाहित महिलाले पति र परिवारको सुख शान्तिको लागि बस्ने गर्छन् भने अविवाहित महिलाले राम्रो पति पाउनको लागि व्रत बस्ने गर्छन् । यो दिन एक छाक मात्रै खाना खाने र नुन तेल नखाने परम्परा रहेको छ।

ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिवलाई जोडेर उपासना गर्नु उत्तम मानिन्छ।

ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे यहाँ प्रस्तुत गरिएको छ। भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ।

सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडी गणेशको पूजा भने अनिवार्य नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?