जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रक्सीको लत छुटाउन अपनाउनुहोस् यी प्रभावकारी उपायहरू!

काठमाडौं। आजकल धेरै मानिस रक्सी पिउँछन् । रक्सीको लतले धेरैका घरपरिवार नाश भइरहेका छन् । रक्सीका कारण धेरै घरमा कलह हुने गरेका छन् ।

‘रक्सीको लत लागेर दुव्र्यसनको अवस्थामा पुगेपछि कुन समयमा, कति र कहाँ रक्सी खाने भन्ने उसको नियन्त्रणमा हुँदैन । म अब जुनसुकै बेला, जहाँ पायो त्यहीँ रक्सी खान्न, आज एक प्याग मात्र खान्छु भनेर दृढ संकल्प गरेको हुन्छ तर यो उसको नियन्त्रणमा हुँदैन, खाइदिन्छ ।९९ प्रतिशतलाई मदिरा सेवनले क्षति गर्छ भन्ने थाहा हुन्छ र ९० प्रतिशतले छोड्न कोशिश पनि गरिरहेका हुन्छन्, तर सक्तैनन् ।उसलाई सधैँ रक्सीको तलतल भइरहन्छ । दिमागले रक्सीबाहेक केही सोच्दैन ।

रक्सीमा टक्सिन भन्ने एकप्रकारको पदार्थ मिलाइएको हुन्छ । यो पदार्थ मानव शरीरको कोष र सेलमा गएर बसेको हुन्छ । यसले एकैपटक असर गर्दैन, बिस्तारै मानिसका सेल र कोषमा रहेका रोग प्रतिरोधात्मक गुणलाई असर गर्दै जान्छ । रक्सीले तत्कालै केही असर गरेकोजस्तो देखिँदैन तर बिस्तारै मन्द विषजस्तै गरेर यसले शरीरमा असर गरिरहेको हुन्छ । रक्सीजन्य पदार्थको लतबाट छुट्कारा पाउन एक हप्तासम्म एउटा नियमलाइ पछ्याउनुस् ।

गाजरको जुस
रक्सी छोड्न चाहने मानिसलाई गाजर एकदम राम्रो फल हो । दिनदिनै गाजरको जुस पिउँदा रक्सी पिउने इच्छा मरेर जान्छ । अनि शरीरमा पनि ऊर्जा कायम रहन्छ ।

खजुर
दूधमा खजुर मिसाएर पिउँदा पनि रक्सीको लत छुटाउन सकिन्छ । यसलाई पिएको केही दिनमै तपाईंले फरक देख्न पाउनुहुन्छ ।

करेलाको रस
करेलाको रसले पनि रक्सीको लत छुटाउन मद्दत गर्छ । करेलाको पातलाई पिँधेर रस निकाल्नुस् । अनि त्यसमा दुई चम्चा मह मिसाएर पिउनुस् ।

अंगुर
वाइन बन्ने नै अंगुरबाट हो । दिनदिनै अंगुर खानुभयो भने केही दिनमै रक्सी पिउने बानी छुट्छ ।

ज्वानो
एक गिलास पानीमा ज्वानो राखेर पानी आधी नहुन्जेल उमाल्नुस् । त्यसलाई सेलाएपछि पिउनुस् । एक महिनासम्म लगातार यो रस पिउँदा रक्सी पिउने इच्छा घट्छ ।

भेडेखुर्सानी
भेडेखुर्सानीलाई पिँधेर त्यसको रस निकाल्नुस् । दिनदिनै खाना खाएपछि आधा कप भेडेखुर्सानीको रस पिउनुस् । यसो गर्दा केही दिनमै फरक देखिनेछ ।

अदुवाको तेल
अदुवाको तेल वा अदुवा हालेको चियाले पनि रक्सीको लत छुटाउँछ । अदुवाको तेलमा अलिकति मह मिसाएर पनि पिउन सक्नुहुन्छ । केही दिनमै रक्सी पिउन मन लाग्न छोड्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?