जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

महेश बाबुको फिल्म ‘गुंटुर करम’ ओटीटीमा पनि रिलिज हुने 

काठमाडौँ– जनवरी १२ मा रिलिज भएको महेश बाबुको दक्षिण भारतीय फिल्म ‘गुंटुर करम’ ओटीटी प्लाटफर्ममा पनि रिलिज हुने भएको छ । बक्स अफिसमा रिलिज भएको एक महिना नपुग्दै यस्तो घोषणा गरिएको छ । 

अब फिल्म ‘गुंटुर करम’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने भएको हो । 

गत जनवरी १२ मा क्याप्टेन मिलर, हनुमान, मेरी क्रिसमस, गुंटुर करम र आयलान फिल्म बक्स अफिसमा रिलिज भएका थिए । 

महेश बाबुको फिल्मको कलेक्सनको कुरा गर्दा, गुंटुर करमले भारतमा १२४.८२ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो । 

यस्तै फिल्मले विश्वभर १७७.६७ करोडको व्यापार गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?