जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

किरण केसी ‘रातामकै’ को ‘झण्डै लडेको’ सार्वजनिक

काठमाडौं। चर्चित हाँस्य कलाकार किरण केसी ‘रातामकै’ र गायिका विनुशा राईको नयाँ गीति ‘झण्डै लडेको’ सार्वजनिक भएको छ ।

प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रहेको गीतमा श्याम महर्जनले संगीत दिएका छन् । विशन मानन्धरको एरेञ्ज छ ।

रंगीन पर्व होलीको छेकोमा रिलिज गरिएको भिडियोलाई रोमान्टिक कमेडी जनरामा ‘हाँस्य’ प्रधान र नृत्य प्रधान बनाइएको छ ।सार्वजनिक भिडियोमा हाँस्य कलाकारद्वय किरण केसी र दीपाश्री निरौलाले अभिनय गरेका छन् ।

किरण र दीपाको जोडीलाई निर्देशक जीवन शाहीले रमाईलो ढंगले भिडियोमा प्रस्तुत गरेका छन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी अनुप डंगोलको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?