सिटामोलको छायांकन सिन्धुलीमा धमाधम

काठमाडौं – सिनेमा ‘सिटामोल’को छायांकन धमाधम सिन्धुलीमा भइरहेको छ। राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको हो।

सिनेमाको छायांकन निकै राम्रो र रमाइलो भएको निमार्ण पक्षले जनाएको छ । अहिलेकै स्पीडमा काम भएको खण्डमा तीजमा रिलिज टार्गेट राखिएको छ ।

विगत एक हप्तादेखि भइरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ। सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्। बेनिशाले बच्चा बोकेकी छन्। यो तस्बिरबाट सिनेमामा उनीहरु श्रीमान् श्रीमतीको रूपमा प्रस्तुत भएको बुझ्न सकिन्छ।

माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको बुझिएको छ। सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रूपमा देखाइएको हुनसक्ने बुझिन्छ।

सिनेमामा उनीहरूका अवा लोकेन्द्र लेखक पनि मुख्य भूमिकामा काम गरेका छन्। बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचि रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?