गर्मी मौसम सुरु हुँदै: के खाने, के नखाने?

काठमाडौँ। गर्मी मौसममा शरीरलाई स्वस्थ र ताजगी राख्न सही खानपान आवश्यक छ। तापक्रम बढेसँगै सही आहारले गर्मीजन्य समस्याहरू जस्तै डिहाइड्रेसन, घाम लाग्ने (हीट स्ट्रोक), र अपचबाट बच्न मद्दत गर्छ।

गर्मीमा के खाने?
१. पानीयुक्त फलफूल र सागसब्जी
गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्नका लागि पानीयुक्त फलफूल र सागसब्जी धेरै लाभदायक हुन्छन्।

फलफूल: तरबुजा, खर्बुजा, कागती, स्याउ, अनार, नरिवल
सागसब्जी: लौका, करेला, काँक्रो, तोरीको साग, निउरो

२. झोलयुक्त खाना
सुप, झोल तरकारी, दाल, दही र रायता खानु राम्रो हुन्छ।
हल्का र पौष्टिक खाना जस्तै खिचडी, दलिया (ओट्स), र सादा भात खाँदा शरीरमा हल्कापन महसुस हुन्छ।

३. चिसो प्राकृतिक पेय पदार्थ
घरमै बनाइएका पेयहरू: छ्याङ, कागती पानी, लस्सी, नरिवल पानी
बढी चिनी भएका पेय पदार्थभन्दा ताजा घरको जुस राम्रो हुन्छ।

४. दही र ग्रीन टी
दहीले पाचनप्रणाली सुधार गर्छ र गर्मीमा शरीरलाई चिसो राख्छ।
ग्रीन टीले शरीरलाई डिटक्स गर्न मद्दत गर्छ।

गर्मीमा के नखाने?
१. धेरै मसालेदार र चिल्लो खाना
गर्मीमा पाचन शक्ति कमजोर हुने भएकाले धेरै मसलेदार, तारेको, चिल्लो खाना जस्तै समोसा, पकौडा, तेलमा डुबाइएका परिकारहरू जति सक्दो कम खानुपर्छ।

२. अत्यधिक गुलियो पदार्थ
कार्बोनेटेड पेय पदार्थ (कोल्ड ड्रिंक्स) र धेरै चिनी भएको मिठाई शरीरको तापक्रम बढाउन सक्छ।

३. धेरै क्याफिनयुक्त पेय
चिया, कफी, मदिराजन्य पदार्थले शरीरलाई झनै डिहाइड्रेट गर्न सक्छ।

४. राति धेरै गह्रौँ खाना
अत्यधिक राति मसालेदार मासु वा फास्ट फुड जस्ता भारी खाना खानाले शरीरमा तातोपना बढ्छ र राम्रो निद्रा आउँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?