जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रीमियरमा ‘११:५५’: क्राइम थ्रिलर जनरामा उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया

काठमाडौं। यही चैत ८ गते अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को बुधवार रेडकार्पेट प्रीमियर समारोह आयोजना गरियो ।

बुधबार साँझ भएको प्रिमियरमा फिल्मको टोलीसहित कलाकार, सञ्चारकर्मीहरुको उल्लेख्य सहभागी रहेको थियो । केशव पाण्डेको डेब्यू निर्देशन रहेको यस फिल्ममा प्रमुख कलाकारका रुपमा नायक महेश त्रिपाठी, नायिका सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, डेब्यू नायक सागर खनाल रहेका छन् । यसका अलावा कलाकार बुद्धि तामाङ, विशाल पहारी र एमएस अग्रजलगायतको पनि अभिनय रहेको छ ।

यो फिल्म हेर्न मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित विष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) र गत फागुन २३ गतेबाट प्रदर्शनरत फिल्म ‘होस्टेल ३’ को समुह सिनेमा हलमा पुगेको थियो । फिल्म हेरेर हलबाट निस्कँदै गर्दा उनीहरूले क्राइम थ्रिलर जनरामा उत्कृष्ट फिल्म निर्माण भएको प्रतिक्रिया दिएका थिए ।

अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनारामा निर्माण भएको उत्कृष्ट फिल्म ‘११:५५’ रहेको बताइन् । फिल्ममा अभिनय गरेका सबै कलाकारले उत्कृष्ट काम गर्नु भएको छ । अझ विशेष त अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र पात्रले मन जितेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?