जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दैनिक खाने तेलको उचित मात्रा कति? धेरै खाँदा हुने स्वास्थ्य असरहरू

काठमाडौँ। खाने तेल हाम्रो दैनिक आहारको महत्त्वपूर्ण हिस्सा हो। सही प्रकारको तेलको प्रयोगले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ, तर धेरै प्रयोग गरेमा विभिन्न रोगको जोखिम बढ्न सक्छ।

एक दिनमा कति खाने तेल हाल्ने?
-स्वास्थ्य विशेषज्ञहरूले एक दिनमा 20-30 ग्राम (लगभग 4-6 चम्चा) तेल प्रयोग गर्न सुझाउँछन्।

सामान्य स्वस्थ वयस्कका लागि:
-20-30 ग्राम (4-6 चम्चा) प्रतिदिन
-मधुमेह, उच्च रक्तचाप, वा हृदय रोग भएमा 15-20 ग्राम (3-4 चम्चा) मात्र

बालबालिकाका लागि:
-10-20 ग्राम (2-4 चम्चा) प्रतिदिन

शारीरिक परिश्रम गर्ने (खेलाडी, मजदुर) का लागि:
-30-40 ग्राम (6-8 चम्चा) प्रतिदिन

धेरै तेल खाँदा हुने असरहरू
-मुटु रोगको जोखिम
धेरै तेल खाँदा खराब कोलेस्ट्रोल बढ्छ। जसले हृदयघात र रक्तनली अवरुद्धको सम्भावना बढाउँछ।

मोटोपन र तौल बढ्ने
बढी तेलले अनावश्यक क्यालोरी प्रदान गर्छ, जसले शरीरमा बोसो जमेर मोटोपन बढाउँछ।

मधुमेहको सम्भावना
अनावश्यक बोसोले इन्सुलिन प्रतिरोध बढाउँछ, जसले टाइप-२ मधुमेह निम्त्याउन सक्छ।

लिभरमा बोसो जम्मा हुने
बढी तेल खाँदा लिभरमा बोसो थुप्रिन्छ, जसले फ्याटी लिभर रोग  निम्त्याउन सक्छ।

पाचन प्रणालीमा असर
धेरै तेल भएको खाना अपच, ग्यास्ट्रिक, र एसिडिटी बढाउने कारण बन्न सक्छ।

क्यान्सरको जोखिम
-पटक-पटक तातो पारिएको तेलमा हानिकारक केमिकल उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावना बढाउँछ।

कसरी तेलको प्रयोग कम गर्ने?
-भुट्ने वा तार्ने सट्टा उमाल्ने, बेक गर्ने, वा ग्रिल गर्ने
-स्वस्थ तेल प्रयोग गर्ने (जस्तै, ओलिभ ओइल, तोरी तेल, घिउ)
-तारेको खाना कम खाने र तेल नचिप्किने भाँडा प्रयोग गर्ने
-बाहिरको प्रोसेस्ड फूड कम गर्ने (जस्तै, चिप्स, फ्रेन्च फ्राइ, पिज्जा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?