जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउडका चर्चित गायक आतिफ नयाँ बर्षमा नेपाल आउने

काठमाडौं । बलिउडका चर्चित गायक आतिफ असलम नयाँ बर्षमा नेपाल आउने भएका छन् । आगामी चैत्र ३० गते होटल हायात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रम ‘आतिफ असलम लाइभ इन नेपाल’मा प्रस्तुति दिन उनी नेपाल दोस्रो पटक नेपाल आउन लागेका हुन् ।

एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले असलमलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेको हो । असलम चैत २९ गते नेपाल आइपुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

केही दिन नेपाल बस्ने असलमले नेपाल भ्रमणको समय केही पर्यटकीय स्थलको समेत अवलोकन गर्नेछन् । असलमको नेपालमा यो दोस्रो कन्सर्ट हुनेछ । यसअघि उनी सन् २०१२ मा पनि दशरथ रंगशालामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?